ताजा समाचार

कोरोना संन्त्रासः ब्राजिलमा पनि एक व्यक्तिको मृत्यु

एजेन्सी । कोरोना भाइरसको कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।

ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भएपनि उनमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि मङ्गलबारमात्र गरिएको छ । यससँगै कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ ।

साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भने,“दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।” उनले ब्राजिलले सङ्क्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *