ताजा समाचार

कोरोना रोक्न मेडिकल सामाग्री र चिकित्सक टोली पठाउन चीन तयार

काठमाडौं । आज संघीय राजधानीबाट प्रकाशित पत्रपत्रिकामा कोरोना भाइरसबाहेक अन्य विषयले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् । प्रदेश २ को नामाकरणमा अन्यौलता देखिएको समाचार सबै पत्रिकाले पहिलो पृष्ठमै छापेको छन् ।
‘युरोप ठप्प’ शीर्षकमा अन्नपूर्णले कोरोना प्रभावित युरोप क्षेत्रको अवस्थाबारे समाचार बनाएको छ । युरोपमा संक्रमण तीव्र बनेपछि त्यहाँ विनाभिसा बसेका नेपाली संकटमा परेको समाचारमा उल्लेख छ । उता नागरिक दैनिकले अपांगता घटाउन सरकार–गैसस हातेमालोः पाँच वर्षमा दुई अर्ब खर्चिने शिर्षकमा मुख्य समाचार लेखेको छ ।

त्यसैगरी प्रदेश दुईको नामाकरणको लागि मतदानमा कुनै पनि नाम स्वीकृत नभएको अर्को समाचार पनि नागरिकमा छ । यो समाचारलाई कान्तिपुरले चारचोटी मतदान, छानिएन नाम शिर्षकमा छापेको छ ।
कान्तिपुरले चीनले सहयोग पठाउने प्रस्ताव गरेको अर्को खबरलाई मुख्य प्राथमिकता दिएर छापेको छ । नेपालमा कोरोना रोक्नको लागि मेडिकल सामाग्री र चिकित्सक टोली पठाउन चीन तयार रहेको र नेपाललाई चाहिएको सामाग्रीको व्यवस्थित सुची तयार गर्न चीनले आग्रह गरेको छ ।

राजधानीले सेना र प्रहरीको सुडान मिसन रोक्का भएको समाचार छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *