ताजा समाचार

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

पेरिस । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो ९४० अर्ब अमेरिकी डलर० सहायता प्याकेज घोषणा गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।  यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन ९जीडीपी० मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताएका छन् । रासस / एएफपी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *