ताजा समाचार

प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि मतदान सुरु

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि मतदान सुरू भएको छ । । प्रदेश सभाको पहिलो बैठकको झण्डै २५ महिनापछि मतदान हुन लागेको हो । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

नामाकरणका लागि चार पटक र राजधानीका लागि तीन पटक गरी सात पटक निर्वाचन हुन भएको छ । यी, दुवै प्रक्रियाका लागि दुई तिहाई मतको आवश्यक रहेको छ । तर कुनै दलसँग पनि आवश्यक मत भने छैन । नेकपाको ३२, समाजवादी पार्टीको ३०, राजपाको २५, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सिट रहेको छ । मतदानपछि कुनै पनि नाममा दुई तिहाइ नपुगे पुन: निर्वाचन हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *