खेलकुद

स्पेनमा कोरोना संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षकको मृत्यु

काठमाडौं । स्पेनमा कोरोना भाइरस संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षकको निधन भएको छ । सन् २०१६ मा मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको रुपमा भूमिका निर्वाह गरिसकेको फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनको आइतबार निधन भएको हो ।

गोल डटकमको अनुसार उनमा रक्त क्यान्सर पनि भएको डाक्टरहरुले पत्ता लगाएका थिए । तर मृत्युको तत्कालीन कारण भने कोरोना भाइरसको संक्रमण नै भएको डाक्टरहरुले पुष्टि गरेका छन् ।

समाचारका अनुसार गार्सिया कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने अहिलेसम्मका उनी विश्वकै सबैभन्दा कान्छो व्यक्ति भएको विश्वास गरिएको छ।
भाइरस संक्रमण रोकथामका लागि प्रयत्न गरिरहेको स्पेनले गत हप्ता आपतकालीन अवस्था घोषणा गरेको थियो।

स्पेनमा भाइरस संक्रमणबाट सोमबारसम्म मर्नेको संख्या ३ सय २९ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *