ताजा समाचार

काेराेनाकाे असरः हाेटल क्षेत्रमा मासिक पौने २ अर्बको घाटा

आजका पत्रपत्रिकामा पनि कोरोना भाइरसकै वरपरि रहेर समाचार सामाग्रीहरु प्रकाशित भएका छन् । कतारमा नेपाली कामदारहरु क्याम्पबाट बाहिर निस्क्ेपछि डिर्पोट गरिएको खबर सबै पत्रिकामा छ ।
कान्तिपुरले कतारमा क्याम्पबाहिर निीस्कँदा शिर्षकमा समाचार लेखेको छ । कान्तिपुरले डिर्पोट हुनेको संख्या २५० जना लेखेको छ उता यही समाचारलाई अन्नपूर्ण पोस्टले फरक तथ्यांक सहित लेखेको छ। समाचार अनुसार कताले निषेधित गरेको क्षेत्रमा प्रवेश गरेको आरोपमा २० जना नेपालीलाई डिर्पोट गरेको बताएको छ ।

काेराेना प्रभावितलाइ सरकारले संरक्षण गर्नेबारे मुख्य समाचार लेेखेकाे नागरिक दैनिकले कोरोना भाइरसको संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको अर्काे विषयलाई शीर्ष समाचारका रुपमा प्रकाशित गरेको छ । पछिल्लो समय फ्लुको लक्षण देखिना साथ मानिसहरु कोरोना संक्रमणको आशंकामा अस्पताल आउन थालेको चिकित्सकहरुले बताउने गरेकाछन् ।

कारोबार दैनिकले औद्योगिक क्षेत्रमा कोरोना संक्रमण त्रासको असर देखिएको समाचार लेखेको छ । मोरङ सुनसरीमा ३० प्रतिशत उत्पादन घटेको समाचारमा उल्लेख छ । त्यस्तै हाेटल क्षेत्रमा मासिक पौने २ अर्बको घाटा रहेको समाचार पनि पहिलो पृष्ठमा कारोबारले छापेको छ। । अहिले होटलको अकुपेन्सी १० प्रतिशत भन्दा कम रहेको तथ्यांक कारोबारले देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *