ताजा समाचार

निषेधित क्षेत्रमा प्रवेश गरेपछि कतारले फिर्ता गर्याे २० नेपाली कामदार

काठमाडौं । कारोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ। दुईजना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइनमा र सामूहिक क्वारेन्टाइनमा राखेको छ।

कामदार क्वारेन्टाइनबाट सिधै काम गर्ने स्थानमा जान पाउँछन्। तर, बाहिर जान पाउँदैनन्। तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो ।

परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ । यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् । नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो । सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *