ताजा समाचार

बरामद माक्स बजार मूल्यअनुसार बिक्री गर्न निर्देशन

काठमाडौ । महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिएका छन् । महान्यायाधिवक्ता खरेलले साेमबार एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड–१९’ फैलिएको अवस्थामा कालोबजारी गरेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेका माक्स हालको बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न निर्देशन दिएका हुन् ।

बजारमा माक्सको अभाव भइरहेको अवस्थामा कालोबजारी गरेर राखेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिएका हुन्। प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको माक्स कपनबाट बरामद गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *