ताजा समाचार

नेपालस्थित अमेरिकी दूतावासद्वारा सम्पूर्ण भिसा प्रक्रिया रद्द

काठमाडौं । नेपालका लागि अमेरिकी दूतावास काठमाडौंले सम्पूर्ण भिसा दिने प्रक्रिया रोकेको छ । कोरोना भाइरसको प्रकोपका कारणले भिसा प्रकृया रोकेको दूतावासले जनाएको छ । भोलि मगलबारदेखि लागू हुने गरी दूतावासले डाइभर्सिटी भिसा ‘डिभी तथा गैरआप्रवासी भिसा दिने प्रक्रिया रोक्ने जानकारी दिएको हो ।

भिसा दिने प्रक्रिया रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भिसा प्रक्रिया कहिलेदेखि सुरु हुने भन्ने दूतावासले स्पष्ट पारेको छैन ।

विज्ञप्तिमा जतिसक्दो चाँडो भिसा सेवा पुनः सञ्चालन हुने उल्लेख गरिएको छ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा निश्चित मापदण्डमा रहेर दुतावासले भिषा दिने जनाएको छ । अमेरिकाले यसअघि नै युरोप यात्रामा प्रतिबन्ध लगाइसकेको छ भने मुलुकभित्र आपतकाल घोषणा गरेको छ । कोरोना भाइरसका कारण अमेरिकामा ६९ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ८२ जनामा संक्रमण देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *