ताजा समाचार

झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्ररपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट पारे । “उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *