ताजा समाचार

‘महामारी जित्ने र्साकको वाचा’

आजका पत्रपत्रिकामा कोरोना भाइरस संक्रमणबारे सार्क राष्ट्रको भिडियो कन्फ्रेसबारे सबै पत्रिकामा खबर अटाएका छन् भने अन्य खबरमा पनि कोरोना भाइरसकै वरिपरि रहेर समाचार सामाग्री तयार भएका छन् ।
‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरसविरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन् ।
नागरिक दैनिकले पनिकोरोना विजरुद्ध लड्न सार्कराष्ट्रले गरेको प्रतिबद्धताबारे मुख्य खबर छापेको छ भने कोरोना लक्षित थप २३५ आइसियू बेड तयार हुँदै गरेको अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुरले पनि कोरोना विरुद्ध सार्क आपतकालीन कोष खडा गरेको समाचारलाई पहिलो पृष्ठमान स्थान दिएको छ भने भित्रि पृष्ठमा कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन न दिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको समाचार छापेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार रहेको कान्तिपुरले लेखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *