ताजा समाचार

सङ्घीय संसद्को महासचिवमा योगी

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोकेका छन ।

सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि सचिव योगीलाई जिम्मेवारी तोकेका हुन। राष्ट्रियसभाका अध्यक्षको परामर्शमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको सभामुखको सचिवालयले जनाएको छ । उनले सोमबारदेखि महासचिवको जिम्मेवारी सम्हाल्ने छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *