काठमाडौं। ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । दरवारमार्गबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ लागेर सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २८ प ४०४२ नम्बरको मोटरसाईकल चालक प्रेमनाथ सेडाईलाई पक्राउ गरेको हो ।
उक्त मोटरसाईकल चालक सेडाईलेसवारी चलाउँदा कागजपत्र साथमा नराखी चलाएका थिए । उनले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ४ हजाररुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न आर्थिक प्रलोभनमा पार्न खोज्दा शनिवार ट्राफिक प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।




