काठमाडौ । चीनको उहानबाट फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या ५ हजार ८ सय ४० जना पुगेको छ ।बिश्वको १सय ५० देशमा यसको संक्रमण फैलिएको छ भने संसार भरका १ लाख ५२ हजार जनामा यसको संक्रमण देखा परेको छ ।
कोरोना भाइरसका कारण बिश्वको अर्थतन्त्र नराम्रोसंग प्रभावित भएको छ भने यसको संक्रमण युरोपमा तीव्र गतिमा फैलिएको छ । कोरोना संक्रमणका कारण युरोपेली मुलुक सबैभन्दा बढी प्रभावित भएको छ । युरोपका अधिकांश देशले शंकटकाल घोषणा गरेका छन । पछिल्लो पटक स्पेनले पनि संकटकाल घोषणा गरेको छ । इटलीमा १ हजार ४४१ ज्नाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोना संक्रमबाट यो समाचार तयार पार्दा सम्म ७६ हजार नागरिक निको भएर आ–आफ्नो घर फर्किएका छन ।




