ताजा समाचार

डेढ महिनासम्म बन्द भयाे वैदेशिक अध्ययन अनुमति पत्र

 काठमाडौं । सरकारले वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) दिन बन्द गरेको छ। बिहीबार बसेको कोरोना नियमनका लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार आइतबार देखि ३० अप्रिलसम्म वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्न बन्द गरिएको हो । शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट नलिई विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि जान पाउँदैनन्। यसअघि सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति पनि स्थगित गर्ने निर्णय गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *