ताजा समाचार

कोरोना भाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति : सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुदै

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन् । कोरोना भाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए । मोदीको प्रस्तावलाई सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

यघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्री मोदीको प्रस्तावमा समर्थन जनाएका थिए ।  पछिल्लो तथ्याङ्क अनुसार भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । काेराेना भाइरसको संक्रमणबाट भारतमा २ जनाकाे मृत्यु भइसकेकाे छ । अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्राके रुपमा रहेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *