काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा.प्रेमकृष्ण खड्गाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आजै डिस्चार्ज हुने भएका हुन् ।
मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।





