ताजा समाचार

कोरोनाबारे जानकारी चाहिए जुनसुकै समयमा पनि १४१५ मा फोन लगाउनुस्

काठमाडौं । कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो।

‘अब आजबाट कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लाग्यो भने १४१५ नम्बरमा कल गर्न सक्नुहुन्छ,’ पाण्डेले भने। उनले कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने बताए। ‘कल सेन्टरमा ६ जना कर्मचारी हुन्छन्। उहाँहरूले नै मानिसहरूले सोधेको प्रश्नको उत्तर दिनुहुन्छ,’ उनले भने।

अब कसैले आफूलाई औषधी र अस्पतालबारे जानकारी लिन चाहे कल सेन्टरबाट लिन सक्नेछ। पाण्डेका अनुसार कोरोना भाइरसबाहेक अन्य चासो पनि कल सेन्टरमा फोन गरेर सोध्न सकिनेछ। ‘कसैले ज्वरो, रूघाखोकी लाग्यो भने के गर्ने भनेर सोध्न सक्नुहुन्छ। हामी उहाँहरूलाई पायक अस्पताल जान सुझाउँछौं’ उनले भने, ‘साथै कोरोनाभाइरसको चेक जाँचबारे कुनै गुनासो छ भने त्यो पनि जानकारी गराउन सकिनेछ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *