ताजा समाचार

आजको राशिफल

मेष – ग्रहगोचर शुभ फलदायक छ । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । यात्रासित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

बृष – शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

मिथुन – ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ ।

कर्कट – भागदौड भैरहला । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ला । ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुने छैन ।

सिंह – ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या – देखापरेको समस्याको समाधान मिल्नेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला – प्रेममा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक – हांसविलासमा रुचि बढ्ला । कठोर परिश्रमले मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियम–कानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखापर्ला ।

मकर – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कुम्भ – कार्यमा सफलता प्राप्त होला । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्वको पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च र लगानी बढ्नेछ । दूरदेशको यात्रा होला । मान पुरस्कार प्राप्त होला ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *