ताजा समाचार

कोरोना संक्रमित लुकाएका छैनौं : नेपाल सरकार

 काठमाडौं । कोरोना भाइरस संक्रमितकाे संख्या नलुकाएको नेपाल सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरेर एक जना संक्रमितकाे संख्या नलुकाएकाे बताएकाे हाे ।

सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताएका हुन् । उनले भने, नेपालमा एकजनाबाहेक अरुलाई देखिएको छैन । संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ । त्यो क्षत्रबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ । अहिले हामीले कोरानाका विरामी लुकाएका छैनौं ।

  देवकाेटाले कोरोना भाइरसको आशंका ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए ।  कोरोना हाल नेपालमा माहामारीको रुपमा नदेखिएको प्रवक्ता देवकोटाले स्पष्ट पारे । उनले काठमाडौमा १ सय ५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा भएको जानकारी दिए । देवकोटाका अनुसार कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन् । त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *