काठमाडौं । धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेता कार्यकर्ता १४ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । उदयपुरको कटारी नगरपालिकाबाट ६ जना महिला ८ जना पुरुषलाई पक्राउ गरेको २ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुम्न कार्कीले जानकारी दिए ।




