ताजा समाचार

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको नाम र ठेगाना अभैm खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *