मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला ।
बृष – शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन तथापि आफन्तको सहयोग मिल्नेछ ।
मिथुन – समय शुभ फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्नेछ,तर लापर्वाही नगरी काम गर्नु उचित होला।
कर्क – हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्ला ।
सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला ।
कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।
तुला – भागदौड रहला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिममा नपर्नु उचित होला ।
धनु – साहसिक काम बन्नेछ । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । यात्रामा सफलता मिल्नेछ ।
मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जीत्ने क्षमता बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।
मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।




