काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई मिर्गौला दिने समीक्षा संग्रैलाबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने नाताले भान्जी पर्ने समीक्षाबीच बुधबार त्रिवि शिक्षण अस्पतालमा भेट भएको हो । भेटका क्रममा समीक्षाले प्रधानमन्त्रीलाई कस्तो छ मामा तपाईंलाई ? भनेर सोधेकी थिइन् । जवाफमा प्रधानमन्त्रीले आफू ठीक हुँदै गएको बताएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई भेट्ने समीक्षा पहिलो व्यक्ति हुन् । उनको स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्रीलाई भेट गरेपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।




