ताजा समाचार

गोकुलको घरमा विस्फोट गराउने आतंककारी हुनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटको घरमा भएको बम विष्फोटको निन्दा र भत्र्सना गरेको छ । बुधबार बिहान नेकपाका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री बास्कोटाको मध्यपुर नगरपालिका वडा नं.१, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा प्रतिबन्धीत विप्लव समुहले वम विष्फोट गराएको थियो । घट्नापछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका हुन् । ‘उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु’, प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीहलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *