काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरी अस्पतालमा स्वास्थ्य लाभ गरि बसेको बेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बस्ने रक्षा मन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्मा प्रतिनिधत्व गर्ने सबै दलका शीर्ष नेता र विज्ञहरुलाई बैठकमा बोलाइएको छ । बैठकमा कोरोना संक्रमणको जोखिम रोक्न सरकारले थालेको पूर्वतयारीबारे छलफल हुने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्रीलाई आवश्यक समन्वय गर्न निर्देशन दिएको भएपनि उनले एक हप्तासम्म कुनै गतिविधि गरेका थिएनन । तर आज भने कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन ।




