ताजा समाचार

बास्कोटाको घरमा बम विस्फोटका योजनाकार गुुरुङ पक्राउ

काठमाडौं।पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन ।

पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन ।

देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी प्रधानले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *