ताजा समाचार

भाडामा बसेकालाई छुवाछुतको व्यवहार गरेपछि गृहमन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । गृह मन्त्रालयका अधिकृत श्रीकृष्ण विडारीदम्पत्ति पक्राउ परेका छन् । यो दम्पत्तीलाई महानगरीय प्रहरी वृत बालाजुले पक्राउ गरेको हो । चार दिनअघि राधिका पक्राउ परेकी थिइन् । श्रीकृष्ण भने मंगलबार साँझ आफैं बालाजु प्रहरीमा हाजिर हुन आएका हुन् । उनी जिल्ला प्रशासन कार्यालय दोलखामा कार्यरत छन् ।

विडारी परिवारको काठमाडौं नेपालटार स्थित घरमा भाडामा बसेका दुईजना महिलाले ‘आफूहरु दलित भएकै कारण डेराबाट हटाउन खोजेको’ आरोप लगाएका छन् । ‘विडारी दम्पत्ती बिरुद्ध छुवाछूत मुद्धा दर्ता भएको छ’– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने । गृह–मन्त्रालयको अधिकृत भन्ने खुलेपछि दलित अधिकारकर्मीहरुको ठूलो समूह गृह मन्त्रालयमा डेलिगेशन समेत गएको थियो । धारामा पानी नआएपछि घरधनी महिला र दलित भनिएकी दुई महिला बीच विवाद भएको थियो ।

धारामा पानी नआएपछि श्रीकृष्णकी पत्नी राधिकाले ट्यांकरको पानी मगाएकी थिइन् । उनले पानीको पैसा सबैले बराबर तिर्न उनले भाडामा बस्नेहरुलाई आग्रह गरेको बताएकी छिन् । तर, नेपाली थर भएका मास्टर्स पढ्ने एकजना र अर्की गायिकाले मानेनन् र राधिकासँग भनाभन भयो । नेपाली थरकी दुई महिलाले पानीको पैसा नतिर्ने अडान लिएपछि राधिकाले घर खाली गरिदिनु भनेको दावी गरेकी छिन् । त्यसपछि दुई महिला जातीय छुवाछूतको आरोप लगाउँदै प्रहरीमा पुगे । पाँच महिनादेखि उनीहरु सो घरमा बस्दै आएका थिए । श्रीकृष्णको घरमा भाडामा बस्ने अर्का दम्पतीलाई पनि उनीहरुले विपक्षी बनाएर जाहेरी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *