काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिजलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएसँगै उनी आफ्नै घरमा ‘आइसोलेसन’ मा बसिरहेकी छन् ।
मन्त्री डोरिज बेलायतमा कोरोना संक्रमित हुने उच्च पदस्थ व्यक्ति हुन्। यससँगै राष्ट्रिय स्वास्थ्य सेवा बेलायतले संक्रमण संख्या बढ्न सक्ने भएकाले परीक्षण गर्ने क्षमतामा वृद्धि गर्ने बताएको छ। उसले अब हरेक दिन दश हजार जनाको परीक्षण गर्ने जानकारी दिएको छ। यसअघि एक हजार पाचँ सय जनाको मात्र परीक्षण क्षमता रहेको थियो।
अहिलेसम्म बेलायतमा ३ सय ८२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो पटक ८० वर्षीय वृद्धको मृत्यु भएको हो। चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोराना भाइरस संक्रमण विश्वभर एक लाख १३ हजार ८ सय ५१ मा पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यस्तै चालिस हजार १५ को संक्रमणका कारण मृत्यु भइसकेको छ। बीबीसी




