मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । साथीभाइको साथ मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्त्व बढ्ला ।
बृष – सुख आनन्द प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
मिथुन – यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । आरोग्यता बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । मान प्रसिद्धि बढ्नेछ ।
कर्कट – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । जोखिममा नपर्नु बेस होला ।
सिंह – आयवर्द्धक कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ ।
कन्या – मान महत्त्व यश धनसम्पत्तिमा बृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा बृद्धि हुनेछ । मिठोभोजन मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
तुला – लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ ।
वृश्चिक – रोकिएको काम बन्ला । नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । समयबाट बढी फाइदा लिनु हितकर रहला । राजकाजमा सफलता मिल्नेछ । बिबाद आदिमा नपर्नु हितकर रहला ।
धनु – समयले साथ दिनेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । पारिवारीक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मील्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनु हुनेछ । आंट उत्साह बढ्ला ।
मकर – सफलता मिल्नेछ । शुभ समाचार मिल्नेछ । मान महता बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ।
कुम्भ – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनु हुनेछ । आँट–उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । अरुप्रति बढी भर पर्नु उचित हुने छैन ।
मीन – विकासको नयाँ सम्भावना देखापर्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । धैर्यले काम लिनु हितकर रहला । हाँसविलासमा आकर्षण होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।




