ताजा समाचार

दुई राप्रपाबिच आज एकीकरणको औपचारिक घोषणा हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार एकीकरणको औपचारिक घोषणा हुँदैछ। राष्ट्रिय सभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेको हो ।

पार्टी एकताको सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले शनिबार राति हस्ताक्षर गरेका थिए। लामो समयको छलफल र वार्तापछि दुइ पार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। घोषणा सभालाई राप्रपाका तीनै जना नेताहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले सम्बोधन गर्ने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *