काठमाडौं । पुरानो बसपार्कमा भ्यूटावर बनाउने ठेक्का पाएका मनोज भेटवालले प्रहरी कार्यालयलमा आत्मसर्मपण गरेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुमा आज विहान आत्मसमर्पण गरेका हुन । जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले आत्मसमर्पण गरेको प्रहरी परिसर काठमाडौका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनलाई करोडौ ठगी गरेका आरोपमा प्रहरीले खोजिगरिरहेको थियो ।
भेटवालविरुद्ध चार करोडको अभियोग रहेको प्रहरीले जनाएको छ । भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए। काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार हुन । उनी लामो समयदेखि भारत रहेको प्रहरीले जनाएको थियो ।
डीएसपी बोगटीका अनुसार भेटवाललाई ७५ लाख १० हजार ठगी गरेको भन्दै चन्द्र सिंह धामीले उजुरी दिएका छन्। ठेकेदार भेटवालविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ। बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजै अदालतमा म्याद लिएर अनुसन्धान गर्ने जनाएको छ ।




