ताजा समाचार

युएईमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । युनाइटेड अरब इमिरेट्स ९युएई०मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छ । सोमबार थपिएका १४ नयाँ कोरोना संक्रमितमध्ये २ जना नेपाली रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

सोमबार नेपालका २ सहित ४ जना युएईका, ३ जना इटालीयन, २ जना बंगलादेशी र एक जना रसियन, एक जना भारतीय र एक जना सिरियन नागरिकमा कोरोना देखिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट संक्रमितको संख्या युएईमा ५९ जना पुगेको छ । अष्टेलियामा १ जना नेपालीमा कोरोना देखिएको छ भने यसअघि नेपालमै चीनबाट फर्केका एक विद्यार्थीमा पनि कोरोना पुष्टी भएको थियो । युएईमा दुई जना नेपाली कोरोना संक्रमित भेटिएसँगै कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *