मेष – सुख सन्तति इष्टमित्र बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्यमा आकर्षण बढ्नेछ । स्वास्थ्य वर्द्धक काममा सफलता मिल्नेछ । मान महत्व धन सम्पत्ति पद प्रतिष्ठा बढ्ला ।
बृष – रोकिएको काम बन्नेछ । विजयश्री मिल्नेछ,तर विवादमा नपर्नु नै उचित हुनेछ योजनानुसार कार्य गर्नु उचित हुनेछ । समस्याको समाधान मिल्नेछ । विजय प्राप्त होला ।
मिथुन – धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रा होला ।
कर्कट – उच्चाधिकारीहरुसित भेटघाट हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बलियो बन्नेछ ।
सिंह – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सफलता मिल्नेछ । यात्रा होला । साहसिक कर्ममा आकर्षण बढ्ला । ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या – बढी परिश्रम गर्नु परे पनि सफलता मिल्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । अरुको भर नपरेमा हितकर होला ।
तुला – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि भेट्नेछ । यश वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । मान महत्व सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला ।
धनु – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सुखशान्ति बढ्ला । सुख शान्ति बढ्ला । विद्याबुद्धि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्ला ।
मकर – भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । हरेक प्रकारका जोखिमप्रति सचेत रहनुपर्नेछ ।
कुम्भ – सुख समृद्धि बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ ।
मीन – धन मान गौरव बढ्नेछ । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला । उन्नति–पदोन्नति होला । रोकिएको काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।




