धर्म/सस्कृति

होली विसर्जन

भत्तपुर । भक्तपुरको तचपाल दत्तात्रय अगाडि रहेको भीमसेनको मन्दिरमा झुण्ड्याएर राखिएको काठबाट बनेको मानव पुरुषको लिङ्ग ब्रह्मायणी खोलामा लगेर पखालेपछि यस वर्षको होली पर्व विधिवत्रुपमा विसर्जन गरिएको छ।

काठको लिङ्गलाई आज साँझ स्थानीय युवाले काँधमा बोकेर ब्रह्मायणी पु¥याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व आज साँझबाट सम्पन्न भएको हो । भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो ।

काठबाट निर्मित लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो ।

भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउाछन् । चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु शुरु हुने परम्परा रहेको छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दानदक्षिणा दिने परम्परा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *