ताजा समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार  

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज छैटौँ दिन उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उनको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेकाे विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गाैला दान दिन उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *