काठमाडौं । चर्चित गायक राजेश पायल राईको ‘बैगुनी रहेछौ मायालु’ बोलको हिट गीतबाट मोडलिङमा होमिएकी बर्षा चौलागाई पछिल्लो समय चलेकी मोडल मध्यमा पर्ने गरेकी छन् ।
करिब एक दर्जन बढी म्युजिक भिडियो अभिनय गरिसकेकी उनले निर्देशक शोभित बस्नेतको फिल्म ‘बद्री बहादुरमा’ पनि अभिनय गरेकी छन् । जुन प्रदर्शनमा आउन बाँकी छ ।

सानैदेखिको अभिनय प्रतिको रहरले कलाकारिता राजेको बताउने बर्षा काभ्रे कोसी पारिकी स्थायी बासिन्दा हुन् । तर उनले कलाकारिता भने डिल्लिबजार चारखालबाट अगाडि बढाउदै आएकी छन् ।

अभिनय र मोडलिङबाट नाम र दाब दुबै कमाउने सपना भएकी बर्षा होली आफ्नो मनपर्ने चाडपर्व भएको बताउछिन् ।
कोरोनाको त्रासका कारण होली उत्सव मनाउन नपाए पनि उनले होलीको तसिबर सुट भने गराएकी छन् ।
होली तस्बिरमा यस्तो देखियो बर्षाको जवानी ।

तस्बिर ः सुनिलराज भण्डारी




