कोशी प्रदेश

कृष्ण पराजुलीकाे अध्यक्षतामा पूर्ब प्रहरी संगठन

उदयपुर।फाल्गुन  चौदण्दी गढी नगरपालिकामा ईलाका स्तरीय नेपाल पुर्ब प्रहरी संगठनकाे चौथाे साधारण सभा सम्पन्न भएकाे छ । नेपाल प्रहरीबाट निबृत भएका पूर्ब प्रहरीहरुकाे साधारण सभाले पूर्ब प्रहरी निरिक्षक कृष्ण कुमार पराजुलीकाे अध्यक्षता मा नौ सदस्यय इलाका कार्य समिति समेत गठन गरेकाे हाे । गठित कार्यसमितिमा उपाध्यक्ष लाल बहादुर प्रधान ,सचिब तुलसी बन्जरा ,काेषाध्यक्ष गणेश थापा ,सहकाेषाध्यक्षमा अमर प्रहरी परिवारकी उमा राई र सदस्य हरुमा लक्ष्मी थापा , भाेगेन्द्र बस्नेत , अमृत बहादुर बस्नेत श्याम कुमार श्रेष्ठ , डिक बहादुर कार्की , हरिकृष्ण बस्नेत रहेका छन ।
उदयपुरमा पूर्ब प्रहरीकाे १ जिल्ला कार्यसमिति २ ईलाका कार्य समिति र ८ ईकाइ समिति रहेकाे छ । चौदण्दीगढी ईलाका स्तरमा ३ सय पूर्ब प्रहरी रहेकाे अध्यक्ष कृष्ण पराजुलीले बताए । पूर्ब प्रहरीकाे संगठनले मासिक २/५ सय सम्म बचत संकलन सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने पुर्ब प्रहरीमा दैबिक बिपत्ति तथा आपतकालिन अबस्थामा आर्थिक सहयाेग गर्ने जस्ता कल्याणकारी कार्यक्रम संचालन गर्दै आएकाे सचिब तुलसी बन्जराले बताए ।
चारवटा पानसमा बत्ती बाली  चौदण्डी गढी नगर प्रमुख खगेन्द्र राइले उद्घाटन गर्दै पूर्ब प्रहरी काे अनुशासन , लगनसिलता  र कर्तब्यपरायणताले समाज बदल्न प्रयाेग गरिदिनु हुन्छ भन्नेमा बिस्वस्नीयता ब्यक्त गरे । सभ्य समाज निर्माणमा लगिदिनुहाेस नगरपालिका तपाइहरुलाइ जस्ताे सहयाेग गर्न समेत तयार रहेकाे भन्दै उनले द्वन्द्व काे समयमा राज्य वा बिद्राेहि पक्षबाट दुबै देसका सहिद भएकाले नगरपालिका बाेर्डलेअमर प्रहरी तथा सशस्त्र बिद्राेहमा मरियकाकाे नाममा चाेक तथा सडकका नामकरण गरिएकाे प्रष्ट पारेका छन ।कार्यक्रमलाइ संगठनका जिल्ला अध्यक्ष डाेर नाथ ढकाल लगायतले सम्बाेधन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *