मेष – सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेममा रूचि बढ्ला । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ ।
बृष – भागदौडमा वृद्धि हुनेछ । विवाद आदिदेखि सचेत भै अरुको भर नपरेर आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । साथीभाइको सहयोग मिल्नेछ ।
मिथुन – भागदौड व्यस्तता बढ्ला । जोखिममा नपर्नु बेस होला । सोचीविचारी काम गर्नुपर्ला । आशा उत्साह बढ्ला, नयाँ काममा सफलता मिल्नेछ ।
कर्कट – साझेदारीको काम बन्ला । यात्रामा सफलता मिल्नेछ । आंट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ ।
सिंह – आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।
कन्या – व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
तुला – धनको आगमन भैरहनेछ । समस्याको समाधान मिल्नेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला ।
धनु – उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
मकर – खर्च र लगानी बढ्ला । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।
कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।




