कोशी प्रदेश

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै १ सय ८ दीप प्रज्वलन

संखुवासभा।चैनपुर नगरपालिकाको पोखरी बजारमा ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नगरपालिकामा क्रियाशील एक गैरसरकारी महिला संस्थाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिघ्र स्वास्थ्यलाभको कामना गदै १ सय ८ दिप प्रज्वलन गरेको छ ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिरहेको अवस्थामा उच्च सर्तकता अपनाउँदै नेपाल सरकारले कुनै पनि भेला, गोष्ठी, भिडभाडजस्ता कार्यक्रमहरु गर्न नपाइने निर्णय गरेपनि सिद्धकाली महिला सञ्जालको आयोजनामा प्रधानमन्त्रीको स्वास्थ्यलाभको बहानमा फरक पकृतिको कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्धारा हस्ताक्षरित विज्ञप्तीमा कुनै किसिमका भिडभाड र भेला नगर्न जिल्लावासीहरुमा आग्रह गरिएको छ । यसरी नै पाँचखपन नगरपालिका वाना, सभापोखरी गाउँपालिकाको वाह्रवीसेलेसमेत कुनै पनि भेलागोष्ठी नगर्न नगराउन अनुरोध गरेको छ ।


प्रत्येक वर्ष मार्च ८ का दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस यस वर्ष चैनपुर नगर क्षेत्रका प्रतिनिधिमूलक नारी एवं नगरका स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रनिनिधिहरु सहितको उपस्थितिमा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले १ सय ८ दीपप्रज्वल नगर्दै नारी दिवसको अवसरमा नारीहरुले लोकतन्त्रप्राप्ती सँगै सामाजिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गदै गरे। यसै गरी गतबुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा मृगौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ लिइरहेका प्रधानमन्त्री ओलीलाई १२ वर्ष अघि अञ्जना घिमिरेले दान गरेको मृगौलाले कामगर्न छाडेपछि दोस्रो पटक मृगौला दान गर्ने समिक्षा संग्रौला जस्ता वीर नारीहरुलाई यस प्रकृतिका महान कार्यमा सरिक भएकोमा उनीहरुको जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

नेपाली महिलाहरुले घरको चुलो चौका र घरगृहस्तीमा मात्र श्रम खर्चेर वस्नुपरेको अवस्थालाई चिर्दै विश्वका महिलाहरु एक जुट भएर आफ्ना अधिकारहरु सुनिश्चत गर्ने अभियानमा जुटेको आजको दिनको स्मरण गर्दै चैनपुरकाका महिलाहरुले पनि साँकेतिक रुपमा यस किसिमको रचनात्मक कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय नारी दिवस मनाएको सञ्जालका सचिव नमिता काफ्लेले जानकारी दिइन । काफ्लेका अनुसार सो कार्यक्रममा प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नेकपाका नेता उमेश कुमार डाँगी, नेपाली काँग्रेसका नेता ज्ञानबहादुर कार्की, बुद्धिजीवी एवं समाजसेवीहरु कुमारबाबु अधिकारी, सूर्यबहादुर दाहाल, स्थानीय जनप्रतिनिधिहरु कातर्फबाट चैनपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भरत खड्का सहितका वक्ताहरुले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामनागर्दै महिला सञ्जाल सिद्धकालीलाई यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेकाथिए । सिद्धकाली महिला सञ्जालद्धारा आयोजित कार्यक्रमको अध्यक्षता सञ्जालका अध्यक्ष हेमकुमारी चौहानले गरेकी थिइन गरेको महिला नेतृ जापानी गुरुङले जानकारी दिइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *