मेष – कार्य क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक, रचनात्मक, कलात्मक,साहित्य,संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।
बृष – सुख शान्ति बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यबर्द्धक काम बन्नेछ ।
मिथुन – इष्टमित्रसितको सम्बन्धमा ध्यान राख्नु बेस रहला । प्रेमपात्रसितको व्यवहारमा सचेत रहनु पर्नेछ । कठोर परिश्रमले सफलता पाउनुहुनेछ । नियमकानूनलाई उपेक्षा नगर्दा हितकारी रहला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
कर्कट – आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । यात्रा परक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – शुभ र भाग्यबर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । आर्थिक काममा सफलता भेट्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
तुला – अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनु पर्नेछ । विवादमा नपर्नु हितकर रहला ।
वृश्चिक – दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नु हुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक सफल हुनुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – उन्नति पदोन्नति होला । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । ईष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाढडी आदिप्रति सचेत हुनुपर्नेछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ।




