ताजा समाचार

दुबई, मलेशिया पठाउछु भन्दै ११ लाख ठग्ने पक्राउ

काठमाडौ । आकर्षक तलब सुविधासहित दुबई, मलेशिया पठाइदिन्छु भन्दै ११ लाख ४२ हजार ठग्नेलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला मिथिला बिहारी ५ घर भै हाल गौशाला बस्ने राधे शाहले ९ जनासंग ११ लाख ठगी गरेको प्रहरीले जनाएको छ । पैसा लिएपछि सम्पर्क बिहिन भएका शाहलाई पीडितले दिएको उजुरीको आधारमा महानगरिय प्रहरी परिसर टेकुवाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *