रोल्पा।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले बिहिबार साँझ पत्रकार भेटघाट गरी प्रेस विज्ञप्ती मार्फत आफ्नो गम्भीर ध्यानाकर्ष भएको जनाएको हो ।
२०७६ फागुन २१ गते लुम्बिनी समाचार डट कम अनलाइनमा प्रकाशित “रोल्पामा अनुदानको सोलारमा घोटालाको आशंका, नियम बिपरित गाउँपालिकादेखि रेडक्रसका पदाधिकारी सम्म” शीर्षकको समाचारप्रति शाखा कार्यालयको गम्भीर ध्यानाकर्ष भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ स्वीस रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रबर्द्धनका लागि सामुदायिक सशक्तिकरण (ऋभ्ज्ए) नेपालगंजको सहभागितामा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा सन् २०१९ देखि स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना संचालन भइरहेको छ ।
समाचरमा उल्लेख भएको विषयमा हाम्रो कुनै संलग्नता नरहेको तथा सोलार जडान र खरिदका लागि सम्वन्धीत सेवाग्राही संस्था र बैकल्पिक उर्जावीच नै हुने भएको हुँदा यसमा हाम्रो प्रत्यक्ष संलग्ना छैन । यो हाम्रो परियोजना भित्रको गतिविधि नै होइन र परियोजनाभन्दा बाहिरको विषय हो । तर कुरै नबुझि रेडक्रसका पदाधिकारी र कर्मचारीलाई आरोप लगाएको समाचारप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं ।
समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मी तथा सञ्चार माध्यमले त्यसले पार्ने प्रभावलाई ख्याल गर्नुपर्दछ ।यसको बिपरित यसरी कपोकल्पित समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सम्वन्धीत सञ्चारगृहबाट कारबाही हुनुपर्छ भन्ने माग गर्दछौं ।” भनिएको छ ।




