मेष – बिघ्नबाधा बढ्ला । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । अरुको भर पर्नु उचित नहोला ।
बृष – मिठो भोजन मिल्नेछ । व्यर्थको झण्झटबाट छुटकारा मिल्ला । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ ।
मिथुन – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । रोकिएको काम बन्ला ।
कर्कट – लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीत–संगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यबर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बृद्धि हुनेछ ।
कन्या – आयस्रोत बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।
तुला – कार्ममा सफलता मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान गर्नु हुनेछ ।
वृश्चिक – मनोकूलको काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भै योजनानुसार काम गर्नु बेस होला ।
धनु – खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हितकर होला । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।
मकर – दिन शुभ फलदायक रहनेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।
कुम्भ – सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । स्वास्थ्यमा सुधार हुनेछ ।
मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । मान महत्वमा बढोतरी हुनेछ । लगानी उठला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला ।




