काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका उपाध्यक्ष वामदेव गौतम महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
चिकित्सकसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि गौतमले ओलीको स्वास्थ्य स्थिर रहेको बताए । ओलीकाे स्वास्थ्य अवस्था रहेकाे बताएकाे उनले बताए ।
मास्क लगाएर अस्पताल पुगेका गौतम आफैले पनि रुघाखोकीको समस्या झेलिरहेका छन्। ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुले उनी जोखिममुक्त नभएको र स्वास्थ्य अवस्था राम्रो भएमा आगामी एक सातापछि उनलाई ‘डिस्चार्ज’ गरिने बताएका छन्। अस्पतालका निर्देशक डा. प्रेम खड्गा अनुसार ओलीलाई मिर्गौला प्रदान गर्ने उनकी भान्जी समिक्षा संग्रौलाको अवस्थामा पनि क्रमिक सुधार आइरहेको छ।




