ताजा समाचार

मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए ११३७ मा फोन गर्न आग्रह

काठमाडाैं । मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न  आग्रह गरेकाे हाे ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने बताए । उनका अनुसार गएको मङ्गलबारदेखि बजार अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न पनि थालिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *