ताजा समाचार

कोराना भाइरसको संक्रमण बढ्दै गएपछि सतर्कता बढाउन विश्व स्वास्थ्य संगठनकाे आग्रह

काठमाडौं । कोराना भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सतर्कता बढाउन आग्रह गरेको छ ।  भारत, इन्डोनेसिया र थाइल्याण्डमा कोराना भाइरस (कोभिड १९) देखिएको पुष्टि भएपछि डब्लूएचओले दक्षिण एसियाली मुलुकहरुलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको हो ।

डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन । डब्लूएचओले दक्षिण एसिया र दक्षिणपूर्वी एशियाका ११ वटा देशहरुलाई एउटा क्षेत्रमा समेटेको छ ।  दक्षिण पूर्वि एसियामा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *