ताजा समाचार

कोरोना भाइरसका कारण इटलीमा १० दिनका लागि देशभरि शैक्षिक संस्था बन्द

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ।  त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने बताइएकाे छ ।

बीबीसीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो। प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्। देशको उत्तरी क्षेत्रमा ३,००० भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ। तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि सङ्क्रमण फैलिएको पुष्टि भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *