काठमाडौं । चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले चीनमा मात्रै तीनहजार बढीको मृत्यु भएको छ ।
हालसम्म ३०१२ जनाको मृत्यु भएको पिपल्स डेली चाइनाले जनाएको छ । चीनमा बुधबार मात्रै ३१ जनाको मृत्यु भएको थियो भने १३९ जना नयाँ बिरामी फेला परेका छन् । अहिलेसम्म ८० हजार बढी कोरोनाभाइरसको संक्रमणमा परेका छन् भने ५२ हजार बढी उपचारपछि फिर्ता भएका छन् ।




