ताजा समाचार

पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन विस्तार गर्नुपर्छ : नेता पौडेल 

दमौली।नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिएका छन । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका–५ को भेलालाई आज सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन सुदृढीकरणको अभियान चलाउनुपर्ने बताएका हुन ।

काँग्रेसका कार्यकर्तासँग मात्र नभई आम जनताको घर–घरमा पुगेर काङ्ग्रेसले अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य पौडेलले वर्तमान सरकारको आलोचना बढेको भन्दै राम्रा भन्दा गलत क्रियाकलापमा सरकार फसेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नयाँ काम गर्न नसकेको बताउँदै नेता पौडेलले देशमा भ्रष्टाचार बढ्दा देश विकासमा पछाडि परेको चर्चा गरे । “दिनैपिच्छे विभिन्न काण्डका घटना सार्वजनिक भइरहेका छन्, यसको निष्पक्ष छानबिन गर्न आवश्यक छ”, नेता पौडेलले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *